काठमाडौं । मलेसियामा जारी एसिसी यु– १९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङको गरिरहेको नेपालले चार विकेट गुमाएको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा वर्षा बाधक भएपछि निर्धारित समयभन्दा केही ढिला टस भएको हो । बर्षाका कारण ११ ओभर मात्र हुने खेलको ६ ओभरको समाप्तिमा चार विकेट गुमाउँदै नेपाल ३१ रनमा खेल्दैछ ।
नेपालका तीन खेलाडी रन आउट भएका थिए भने पूजा महतो क्याच आउट हुन पुगेकी थिइन् ।
यस खेलमा बङ्गलादेशलाई पाखा लगाउदै नेपालको फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।
नेपाल समूह ‘बी’ को उपविजेता तथा बङ्गलादेश समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा पुगेका हुन् । सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द हुँदा नेपालले श्रीलङ्कासँग अङ्क बाँडेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता