काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले काठमाडाैं गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो ।
विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५, दीपक बोहराले २० तथा स्कट इडवार्डले १५ रनको योगदान गरे ।
यो खेल राम्रो रनरेटमा जितेको खण्डमा काठमाडौंको प्लेअफ सम्भावना जीवित रहनेछ । विराटनगर भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।






