काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले काठमाडाैं गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको हो ।
पोखराका लागि रेमन्ड रिफरले सर्वाधिक ४१ रन बनाए । त्यस्तै, दिनेश खरेलले ३८ रन बनाए ।
अंक तालिकामा काठमाडौं पोखराभन्दा एक स्थान अगाडि छ । पाँच खेलमा तीन हार र दुई जीत निकालेका दुवै टिमको समान ४-४ अंक छ।






