काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबार बिहान भएकाे खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनकाे लक्ष्य दिएकाे छ ।
टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको हो ।
ओपनर जैबले ६१ बल खेल्दै ६ चौका र ५ छक्का मदतमा सर्वाधिक ९० रन बनाए । कप्तान दीपेन्द्रले १९ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा अविजित ३९ रन बनाए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर सुरुमा फिल्डिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ब्याटिङको निम्तो दिएका थिए ।
एनपीएलमा पहिलो पटक लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले आम्नेसाम्ने भएका हुन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता