काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग आगामी माघ १३ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघले एक सूचना जारी गर्दै शहीद स्मारक ‘बी’ डिभिजन लिग माघ १३ गतेदेखि सुरु हुने जनाएको हो । साथै एन्फाले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा सहभागी १४ क्लबहरूले यसअघिको लिगको बाँकी रकम बुझिलिएका जनाएको छ ।
क्लबहरूले एन्फाबाट प्रतिक्लब ६ लाख ५० हजार रुपैयाँ बुझिलगेका हुन् । यससँगै पुरानो लिगअन्तर्गत पाउनुपर्ने १२ लाख ५० हजारमध्ये बाँकी सम्पूर्ण दायित्व पूरा भएको छ ।
आगामी माघ १३ (जनवरी २६, २०२५)गतेबाट सुरु हुने नयाँ लिगको तयारी थालिएको छ । जसका लागि झापा फुटबल क्लब, प्लानिङ ब्वाइज युनाइटेड, श्रीभगवती क्लब, वीरगन्ज युनाइटेड, बाँसबारी क्लब, र श्रीकुमारी क्लबले तयारीको पहिलो किस्ताका रूपमा प्रतिक्लब आठ लाख ७० हजार रुपैयाँ रकमसमेत बुझी लगेको एन्फाले जनाएको छ ।






