काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत बिहीबार बिहानको खेलमा पोखरा एभेन्जर्सले सुरुमा ब्याटिङ गष्र्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्ड रोजेपछि पोखराले सुरुमा ब्याटिङ गर्ने भएको हो।
जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको कप्तान कुशल भुर्तेल छन्। यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको जनकपुर तेस्रो जित निकाल्ने योजनामा रहँदा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा रहनेछ।
जनकपुर बोल्ट्स
आसिफ शेख– मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम, जोशुआ ट्रम्प, बेन माइक, मोहमद मोहसिन, लाहिरू मिलन्था, हर्ष थाकर ।
पोखरा एभेन्जर्स
कुशल भुर्तेल– मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपीन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस, बास डे लिडे, म्याट क्रिचली, रेमन राइफर, माइकल लिस्क, सुदिप आर्याल।






