एजेन्सी । अस्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकिओनले सन्न्यासको घोषणा गर्नुभएको छ । ‘पेरिस ओलम्पिक खेल्दै गर्दा मलाई यो मेरो अन्तिम ओलम्पिक हुनेछ भन्ने थाहा थियो,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
म्याकिओनले तीन ओलम्पिक खेलमा ६ स्वर्णसहित १४ पदक जित्नुभएको छ । ‘मेरो स्विमिङ करियरले मलाई शारीरिक र मानसिकरूपमा सबथोक दिएकामा म गर्व गर्छु,’ उहाँले भन्नुभएको छ ।
आफू के गर्न सक्षम छु भनेर हेर्न चाहेको र त्यो गरेर देखाएको उहाँले उल्लेख गर्नुभएको थियो । अब जीवनका थप चिज प्राप्त गर्न कसरी सक्छु भन्ने हेर्न उत्सुक रहेको उहाँले बताउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts