म्यानचेस्टर । पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटीसँग थप दुई वर्ष सम्झौता लम्बाउनुभएको छ । योसँगै उहाँको कार्यकाल ११ सिजनसम्म लम्बिएको छ । क्याटलोनियाका ५३ वर्षीय प्रशिक्षकले भन्नुभयो, ‘हामीले थप ट्रफी थप्न सक्छौं । मेरो ध्यान त्यसैमा केन्द्रित हुनेछ ।’
ग्वार्डिओलाले सन् २०१६ मा सिटीमा आबद्ध भएदेखि नै अभूतपूर्व प्रभुत्व कायम गर्नुभएको छ । उहाँले इतिहाद स्टेडियममा सात वर्षमा ६ प्रिमियर लिग उपाधि जित्नुभएको छ भने च्याम्पियन्स लिग पनि जित्नुभएको छ । सबै मिलाएर उहाँले क्लबलाई १५ उपाधि जिताउनुभएको छ ।
सिटी लगातार चार पटक इंग्लिस लिग उपाधि जित्ने पहिलो टोली बनेको छ । सन् २०१८ मा एकै सिजनमा १०० अंक बटुल्ने पहिलो टोली पनि बनेको थियो । उहाँले सिटीलाई सन् २०२३ मा ‘ट्रबल’मा पु¥याउनुभएको थियो र एक सिजनमा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप जिताउनुभएको थियो । एजेन्सी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा