बर्लिन । क्वाटरफाइलन प्रवेश गरिसकेको जर्मनी युइएफए नेसन्स लिगमा समूह चरणको अन्तिम खेलमा हंगेरीसँग बराबरीमा रोकिएको छ । मंगलबार राती सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा जर्मनी घरेलु टोली हंगेरीसँग १-१ को बराबरीमा रोकिएको हो ।
पुस्कस एरिना पार्कमा जर्मनीका लागि फेलिक्स नमेचा र हंगेरीका लागि डोमिनिक स्जोबोस्ज्लाइले गोल गर्नुभयो । खेलको ७६औँ मिनेटमा नमेचाको गोलमार्फत् जर्मनीले अग्रता लिएको थियो । जिततर्फ अग्रसर जर्मनी अन्त्यतिर सम्हालिन सकेन । इन्जुरी समयमा स्जोबोस्ज्लाइले पेनाल्टीमार्फत् गोल गर्दै जर्मनीबाट दुई अंक खोस्न सफल हुनुभयो ।
यससँगै हंगेरीले आफ्नो अपराजित यात्रालाई १३ खेलसम्म कायम राखेको छ । हंगेरी नेसन्स लिगको अघिल्लो संस्करणमा इटालीसँग पराजित भएको थियो । बराबरीसँगै ६ खेलमा १४ अंक जोडेको जर्मनी लिग ‘ए’ समूह ३ को शीर्ष स्थानमा रहेको छ । हंगेरी समान खेलबाट ६ अंकका साथ तेस्रो स्थानमा छ । यही समूहको अर्को खेलमा नेदरल्याण्ड्स र बोस्निया एण्ड हर्ज गोभिना पनि ११ कै बराबरीमा रोकिए । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता