एजेन्सी । भारतको हरियाणा क्रिकेट टिमका बलर अंशुल कम्बोजले रणजी ट्रफीको एक खेलमा कीर्तिमान बनाउनुभएको छ । तीव्र गतिका बलर अंशुल कम्बोजले केरलाविरुद्धको रणजी खेलको एकै इनिङ्समा १० विकेट लिने कीर्तिमान बनाउनुभएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई)ले सामाजिक सञ्जालमा पोस्ट गर्दै उहाँको उपलब्धिका लागि बधाई दिएको छ ।
अंशुल रणजी क्रिकेटमा एकै इनिङ्समा १० विकेट लिने तेस्रो बलर हुनुहुन्छ । अन्तर्राष्ट्रियस्तरको कुरा गर्ने हो भने अनिल कुम्बले एकै इनिङ्समा १० विकेट लिने एकमात्र भारतीय बलर हुनुहुन्छ । अनिल कुम्बलेले सन् १९९९ मा दिल्लीमा पाकिस्तानविरुद्ध खेलेको टेष्ट म्याचको एउटै इनिङ्समा १० विकेट लिएर इतिहास रच्नुभएको थियो ।






