नयाँदिल्ली । घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको अन्तर्राष्ट्रिय टी-२० शृंखलाको तेस्रो खेलमा भारतले जित दर्ता गरेको छ । बुधबार राती सम्पन्न खेलमा भारतले दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो । जितसँगै चार खेलको शृंखलामा भारतले २-१ को पुनरागमन गरेको छ । यसअघि भारत दक्षिण अफ्रिकासँग ६१ ले पराजित भएको थियो ।
सेन्चुरियनस्थित सुपर स्पोटर््स पार्कमा भारतले प्रस्तुत गरेको २२० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै २०८ रनमात्रै बनाउन सक्यो । उत्कृष्ट शतक प्रहार गर्ने तिलक बर्मा खेलको उत्कृष्ट खेलाडी चुनिनुभयो ।
खेलमा टस जितेर दक्षिण अफ्रिकाले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ब्याटिङमा आएको भारतीय टोलीको सुरुवात राम्रो भएन ।
पहिलो टी-२० खेलमा शतक प्रहार गर्नुभएका सञ्जु सामसन दोस्रो बलमा खाता नखोल्दै क्लिन बोल्ड हुनुभयो । तर, यसपछि अभिषेक शर्मा र तिलक बर्माले इनिङ्सलाई सम्हाल्दै १०७ रनको साझेदारी गर्नुभयो । अभिषेक शर्माले मात्र २५ बलमा ५० रन बनाउनुभयो । जसमा तीन चौका र पाँच छक्का सामेल थिए । तिलक बर्माले पनि ५६ बलमा सात छक्का र आठ चौकाको मद्दतले १०७ रनको इनिङ खेल्नुभयो ।
भारतले २० ओभरमा ६ विकेट गुमाएर २१९ रन बनाएको थियो । लक्ष्य पछ्याउन आएको आयोजक दक्षिण अफ्रिकी टोलीले भारतको तुलनामा राम्रो सुरुवात गरेको थियो । तर, सुरुवाती र मध्यक्रममा कुनै पनि ब्याट्सम्यानले राम्रो सुरुवातलाई म्याच विजयी पारीमा परिणत गर्न सकेनन् ।
तल्लो क्रमका लागि मार्को जान्सनले १७ बलमा चार चौका र पाँच छक्का प्रहार गर्दै ५४ रनको सानदार इनिङ खेल्नुभयो । मध्यक्रममा समेत हेनरिक क्लासेनले मात्र २२ बलमा ४१ रन बनाउनुभयो । तर, दुवैले आफ्नो टोलीलाई जित दिलाउन सकेनन् र दक्षिण अफ्रिकी टोलीले २० ओभरमा सात विकेट गुमाएर २०८ रनमात्र सक्यो । शृंखलाको अन्तिम टी–२० खेल नोभेम्बर १५ मा जोहानेसवर्गमा हुनेछ ।
तिलक बने टी-२० मा शतक प्रहार गर्ने भारतको दोस्रो सबैभन्दा कम उमेरका ब्याट्सम्यान
तिलक बर्मा अन्तर्राष्ट्रिय टी-२० खेलमा शतक प्रहार गर्ने दोस्रो सबैभन्दा कम उमेरका भारतीय ब्याट्सम्यान बन्नुभएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार तिलक बर्माले २२ वर्ष पाँच दिनको उमेरमा यो उपलब्धि हासिल गर्नुभएको हो । बर्माले बुधबार दक्षिण अफ्रिकाविरुद्ध ५६ बलमा १०७ रनको उत्कृष्ट इनिङ खेल्नुभएको होे । अनि आफ्नो पारीमा आठ चौका र सात छक्का प्रहार गर्नुभयो ।
भारतका लागि टी-२० मा शतक बनाउने सबैभन्दा कान्छो ब्याट्सम्यानमा यशस्वी जैसवाल- २१ वर्ष २७९ दिन, तिलक बर्मा- २२ वर्ष पाँच दिन, शुभमन गिल-२३ वर्ष १४६ दिन, सुरेश रैना- २३ वर्ष १५६ दिन र अभिषेक शर्मा- २३ वर्ष ३०७ दिन हुनुहुन्छ । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts