काठमाडौं । विनय कार्की क्षेत्रीको स्वरमा रहेको गीत ‘किन छिन् छिन्’ सार्वजनिक भएको छ । कमल खत्रीको रचना तथा संगीतमा तयार भएको गीतमा गायक कार्कीले गायिका अञ्जना सारुसँग युगल गायन गर्नुभएको छ । नितिन चन्दको निर्देशन रहेको गीतको भिडियोमा श्रद्धा क्षेत्री, विक्राम पोखरेल र आरोही कार्की क्षेत्रीको अभिनय छ ।
गीत सार्वजनिकपछि विनयले ‘जब तिमी एक्लै थियौ’ बोलको गीतको लोकप्रियता सम्झँदै त्यसपछिको समय करिव सात वर्ष संगीत संयोजनमा व्यस्त भएकाले गायनमा समय दिन नसकेको बताउनुभएको छ । कार्कीले अब भने आफू नियमित रूपमा गायनमा सक्रिय हुने जनाउनुभएको छ ।






