काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’मा अभिनेत्री स्वस्तिमा खड्का पछि अभिनेत्री प्रियंका कार्कीको पनि इन्ट्री भएको छ । स्वस्तिमा र प्रियंकाले यसअघि छक्का पञ्जा २, ‘नाइ नभन्नु ल ५’ लगायत चलचित्रमा काम गर्नुभएको थियो । यो चलचित्र अभिनेता दिव्य देव र हाँस्य कलाकार दिनेश काफ्ले पनि अनुबन्धित भइसक्नुभएको छ ।
दीपेन्द्र के खनालको निर्देशनमा बन्ने यो चलचित्रमा यसअघि हरिवंश आचार्य र प्रकाश सपुत देखिने पक्का भइसकेको छ । सरोज ओलीको निर्माणमा बन्ने यो चलचित्रको छायांकन भने माघको तेस्रो साताबाट सुरु हुने बताइएको छ । चलचित्रको पटकथा तथा संवाद हरिवंशले लेख्नुभएको हो भने कन्सेप्ट पनि हरिवंश स्वयंको हो ।






