काठमाडौं । प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मेरो भाग्यमा नलेखेको मान्छे’ सार्वजनिक भएको छ । रोशन सिंहको शब्द तथा संगीत रहेको गीतको भिडियो प्रियसी म्युजिक प्रालिले सार्वजनिक गरेको हो । यो गीत राजेन्द्र पुरी र एला पुरीको एल्बममा समावेश छ ।
माओवादी द्वन्द्वको विषयमा केन्द्र्रित कष्टकर जीवनशैली र तत्कालीन अवस्थाका मायाप्रेमलाई चित्रण गरिएको गीतको भिडियोलाई बबिता श्रेष्ठले निर्देशन गर्नुभएको हो ।
गीतको भिडियोमा विक्रम बुढाथोकी, ललन चिमोरिया, दीपेन्द्र्रराज गिरी, निर्मल भण्डारी, राजेन्द्र हुमगाईं, युवराज हुमगाईं, करिष्मा थापा लगायतका कलाकारको अभिनय छ । राजेन्द्र पुरीले निर्माण गरेको भिडियोको सम्पादन कल्पेश बिश्वकर्मा र उत्तम हुमागाईंले छायांकन गर्नुभएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता