लण्डन । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले कट्टर प्रतिद्वन्द्वी मार्सेलाई ३-० ले पराजित गरेको छ । यससँगै पिएसजीले लिग वानमा आफ्नो अपराजित यात्रालाई नौ खेलसम्म विस्तार गरेको छ ।
यस जितपछि पिएसजीले लिग तालिकाको शीर्ष स्थानमा आफ्नो स्थिति अझ बलियो बनाएको छ । स्टेड भेल्डोरोममा जाओ नेभेसले ७औँ मिनेटमा पिएसजीका लागि पहिलो गोल गर्नुभयो । २०औँ मिनेटमा एमिन हारिट सिधा रातो कार्डमा मैदान छाड्न बाध्य भएपछि घरेलु टोली मार्सेले अधिकांश खेल १० खेलाडीसहित खेल्यो । २९औँ मिनेटमा मार्सेका कप्तान लियोनार्डो बेलेर्डीले आत्मघाती गोल गरेपछि पिएसजीले उपहार गोलमार्फत् अग्रता दोब्बर पार्यो ।
४०औँ मिनेटमा गोलभ ने बार्डली बारकोलाले गोल गर्नुभयोे । पिएसजीले पहिलो हाफको स्कोर लाइन अन्यसम्म मेन्टेन ग¥यो । यससँगै नौ चरणको खेल टुंगिँदा पिएसजीले नौ खेलमा २३ अंक भएको छ । पिएसजी लिगको शीर्ष स्थानमा छ । मार्से भने १७ अंकमा तेस्रो स्थानमा छ । मोनाका २० अंकमा दोस्रो स्थानमा छ । एजेन्सी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा