काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटमा नेपालले जापानसँग फराकिलो हार खेपेको छ । कतारको दोहामा बुधबार राती भएको खेलमा नेपाल जापानसँग नौ-दुई गोलले पराजित भयो । समूह ‘एफ’ को पहिलो खेलमा नेपालले सुरुवातमा अग्रता लिए पनि अन्त्यमा जापानसँग लज्जास्पद हार खेपेको थियो ।
जापानको जितमा दाइची टानी चार र असदाले तीन गोल गर्नुभयो । कसाई र चानानले एक-एक गोल गर्नुभयो । नेपालका लागि सविनकुमार मगरले १२औँ मिनेटमा सुरुवाती गोल गर्नुभएको थियो । विपिन खड्काले ८८औँ मिनेटमा अर्को गोल फर्काउनुभयो ।
यही समूहको अर्को खेलमा आयोजक कतारले मंगोलियालाई २-० गोलले हरायो । नेपालले समूहको दोस्रो खेल अक्टोबर २५ मा आयोजक कतारसँग र अन्तिम खेल अक्टोबर २७ मा मंगोलियासँग खेल्नेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा