काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्सको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीचको खेल साँझ साढे ५ बजेदेखि शुरु हुने हुनेछ ।
आजको खेलमा नेपाली गोल मेसिन सावित्रा भण्डारी साम्बा पनि मैदान उत्रने छिन् । यसअघि युरोपमा ब्यवसायीक फुटबलमा व्यस्त रहेकी साम्बा प्रतियोगिताका लागि सोमबार बिहान मात्र काठमाडौं आइपुगेकी थिइन् ।
समूह बी मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन् ।नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्स श्रीलंकासँग १–० गोलले पराजित भएको थियो ।
नेपालको एक अंक रहेको छ भने माल्दिभ्सअंकविहीन रहेको छ । समुह बी अन्तर्गत नै भुटान र श्रीलंकाबीच को खेल पनि आजै हुदै छ ।
यो खेल अपराहन्न साढे १ बजेदेखि शुरु हुदै छ । भुटानले आफ्नो पहिलो खेलमा नेपालसँग बराबरी खेलेको थियो भने श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा