काठमाडौं । सुदूरपश्चिम रोयल्सले केपी खनाललाई आफ्नो सोसियल एक्टिभिस्ट एम्बेसडर नियुक्त गरेको छ । सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र सोसियल एक्टिभिस्ट एम्बेसडर खनालले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
क्लिन काष्ठमण्डप सरसफाइ अभियान, मैनादेवी फाउण्डेसनमार्फत् हरियाली, स्वच्छता अभियानमा स्थानीय निकायसँग सहकार्य गर्न खनाल सक्रिय हुनुहुन्छ ।
सुदूरपश्चिम रोयल्सलाई जनस्तरमा परिचित गराउनका लागि सामाजिक अभियन्ता केपी खनालसँगको सहकार्य प्रभावकारी हुने विश्वास लिएको छ । आफू पनि सुदूरपश्चिमकै भएको सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा खुसी लागेको जनाउँदै खनालले भन्नुभयो, ‘सुदूरपश्चिम क्रिकेटको उर्वर भूमि हो । क्रिकेटका माध्यमबाट सुदूरपश्चिमलाई जनस्तरमा पुर्याउन म आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नेछु ।’
सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीमा दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षकमा जगत टमाटा हुनुहुन्छ । त्यस्तै ओलम्पियन दीपक विष्ट टोलीको ब्राण्ड एम्बेसडर हुनुहुन्छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ गते नेपाल प्रिमियर (एनपिएल) सुरु हुँदैछ । सुदूरपश्चिम रोयल्सले केही सातापछि आफ्नो तयारी सुरु गर्नेछ ।






