म्याड्रिड । रोबर्ट लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शन प्रेरित बार्सिलोनाले स्पेनिस ला लिगामा घरेलु टोली एलाभेसविरुद्ध ३–० को सहज जित दर्ता गरेको छ । जितसँगै नौ खेलमा २४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । पराजित एलाभेस समान खेलबाट १० अंकका साथ १३औँ स्थानमा छ ।
आइतबार राती भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो ला अल्भासलाई ३-० ले हराएको छ । बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले हृयाट्रिक गर्नुभयो । खेलको सुरुवातमै राफिन्हाको क्रसलाई उपयोग गर्दै लेडवाक्सीले बार्सिलोनालाई अग्रता दिलाउनुभएको थियो ।
३६ वर्षीय भेट्रान खेलाडीले २२औँ मिनेटमा ब्राजिलियन स्टार राफिन्हाकै सहयोगमा अर्को गोल गर्नुभएको हो । ३२औँ मिनेटमा एरिक गार्सियाको पासमा गोल गर्दै उहाँले हृयाट्रिक गर्नुभयो । उहाँले पछिल्ला ११ खेलमा कुल १२ गोल गर्नुभएको छ ।
एट्लेटिको म्याड्रिड भने रियल सोसिडाडसँगको खेलमा १-१ गोलको बराबरीमा रोकिएको छ । आइतबार राती नै भएको खेलमा सेभियाले रियल बेटिसलाई १-० ले हराएको छ । गिरोनाले एथलेटिको क्लबसँगको खेलमा २-१ को जित हात पारेको छ ।
नौ खेलको समाप्तिमा बार्सिलोनाको २४ तथा रियल म्याड्रिडको २१ अंक छ । एट्लेटिको म्याड्रिड र भिल्लारियलको १७ अंक छ । ओसासुनाको १५ तथा एथलेटिको क्लबको १४ अंक छ । एजेन्सी ।






