काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप आजदेखि सुरु हुँदैछ । यो विश्वकप अक्टोबर २० सम्म हुदै छ भने यो प्रतियोगितामा १० देशले भाग लिंदै छन् ।
आयोजक बंगलादेश भएपनि यो विश्वकप युएईका शारजाहा र दुवई शहरमा हुदै छ । बंगलादेशमा हालै भएको आन्दोलनका कारण आयोजक बंगलादेश नै रहने गरि प्रतियोगिता युएईमा हुन लागेको हो ।
विश्वकपको समुह ए मा अस्ट्रेलिया, भारत, न्यूजील्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् भने समुह बी मा बंगलादेश, ईङल्याण्ड, स्कटल्याण्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् ।
आज पहिलो खेल बंगलादेश र स्कटल्याण्डबीच अपराहन्न ३ः४५ बजेदेखि खेल हुदै छ भने आजै दोस्रो खेल पाकिस्तान र श्री लंकाबीच राति ७ः४५ बजेदेखि सुरु हुँदैछ ।
नवौं महिला टी२० विश्वकपसम्म आउदा अस्ट्रेलियाले आफ्नो दबदबा बनाएको छ । अस्ट्रेलियाले यस अघि सम्पन्न ८ मध्ये ६ विश्वकपको उपाधि जितेको छ । त्यस्तै पछिल्ला तीन विश्वकप अस्ट्रेलियाले लगातार जितेको छ ।
अस्ट्रेलिया बाहेक ईङल्याण्डले २००९ को पहिलो विश्वकप जितेको थियो भने २०१६ को विश्वकप वेस्ट इन्डिजले जितेको थियो ।
यस्तै आइसीसीले महिला टी२० विश्वकपका लागि पुरुष विश्वकप सरहनै पुरस्कार रकम दिने भएको छ । आज देखि शुरु हुने यस महिला टी२० विश्वकपमा आइसीसीले कुल ७९ लाख ५८ हजार ८० डलर पुरस्कार रकममा खर्च हुने बताएको छ । हालै सम्पन्न पुरुष टी(२० विश्वकपमा पनि शोही बराबर रकम पुरस्कारमा खर्च गरिएको थियो ।
आइसीसीले यस विश्वकपमा विजेता टिमलाई २३ लाख ४० हजार डलर दिने बताएको छ भने उपविजेता देशले ११ लाख ७० हजार डलर पाउने छन् । त्यस्तै सेमिफाइनलमा पुग्ने देशले ६ लाख ७५ हजार र समुह चरणमा खेल जित्ने देशले ३१ हजार १५४ डलर पाउने आइसीसीले जनाएको छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा