
काठमाडौं । नेपाल पुलिस क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग-सिजन २ को उपाधि जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा पुलिसले आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमीलाई समग्रमा ८-४ ले पराजित गर्दै उपाधि जितेको हो ।
समान दुई दुई पुरुष/महिला सिंगल्स र मिक्स डबल्स गरी पाँच स्पर्धा खेल्नुपर्नेमा पुलिसले चार स्पर्धामै जितका लागि आवश्यक आठ अंक बटुल्न सफल भयो । पुलिस साबिक उपविजेता हो । गत संस्करणमा स्ट्याग तेस्रो भएको थियो । डिफेन्डिङ च्याम्पियन एभिएम टेबलटेनिस क्लब यसपटक सहभागी भएन ।
पहिलो पुरुष सिंगल्समा स्ट्यागका हमर साङगाले पुलिसका वंश सिंघललाई ११-९, ५-११, ११-९ को सेटमा पराजित गर्दै टोलीलाई २-१ को अग्रता दिलाउनुभयो । महिला सिंगल्समा पुलिसकी लक्षिता नारङले स्ट्यागकी त्रिशा गोगोइलाई ११-६, ५-११, ११-६ ले हराउँदै खेललाई ३-३ को बराबरीको अवस्थामा पुर्याउनुभयो ।
मिक्स डबल्समा पुलिसकी लक्षिता र संयोग कपालीको जोडीले स्ट्यागका त्रिशा र गनञ्जय दाहालको जोडीलाई १०-११, ११-९, ११-१ ले पाखा लगाएपछि खेल ५-५ को बराबरीको अवस्थामा पुग्यो ।
अर्को पुरुष सिंगल्समा पुलिसका संयोगको प्रदर्शन नै निर्णायक बन्यो । संयोगले स्ट्यागका गनञ्जयलाई ३-० को सोझो सेटमा हराउँदै जितका लागि आवश्यक ८ अंक बटुल्नुभयो ।
संयोजक ११-७, ११-४, ११-९ ले विजयी हुनुभयो । त्यसपछि पुलिसकी नविता श्रेष्ठ र स्ट्यागकी सुस्मिता खड्काबीच तय भएको महिला सिंगल्स खेलाउनुपरेन । उपाधिसँगै पुलिसले दुई लाख तथा स्ट्यागले एक लाख रुपैयाँ पुरस्कार पाए ।
नेपाल एपिएफ क्लब र नवप्रवेशी टोली यल टेबलटेनिस तेस्रो भए । दुवैले समान ५०-५० हजार रुपैयाँ पुरस्कार पाए । शीर्ष तीन स्थान हात पार्ने टोलीमध्ये एपिएफमा मात्र विदेशी खेलाडी थिएनन् । बाँकी तीन टोलीले समान दुई–दुई विदेशी खेलाडी अनुबन्ध गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच