एजेन्सी । बंगलादेशका स्टार अलराउण्डर शाकिब अल हसनले सन्न्यासको घोषणा गर्नुएको छ । उहाँले बिहीबार अचानक पत्रकार सम्मेलन बोलाएर आफ्नो अन्तिम टेस्ट दक्षिण अफ्रिकाविरुद्ध मिरपुरमा हुने बताउनुभयो । उहाँ भारत भ्रमणमा बंगलादेशको टोलीमा हुनुहुन् । यद्यपि उहाँ कानपुर टेस्ट खेल्नेमा भने शंका छ ।
‘मैले मेरो बोर्डलाई मिरपुरमा अन्तिम टेस्ट खेल्ने इच्छा व्यक्त गरेको छु । म घर फर्किने प्रयास पनि गरिरहेको छु, यदि त्यसो भएन भने भारतविरुद्धको कानपुर टेस्ट मेरो अन्तिम खेल हुनेछ,’ ३७ वर्षीय बंगलादेशी अलराउण्डर शाकिबले भन्नुभयो, ‘म मेरो देश जान सक्छु तर मलाई थाहा छैन त्यहाँ मलाई के हुनेछ ।’
शाकिब अल हसन विगत केही दिनदेखि सेन्ट्रल सेरस कोरियोरेटिनोप्याथीबाट पीडित हुनुहुन्छ । यो एक अवस्था हो जसमा आँखाको रेटिनामुनि तरल पदार्थ जम्मा हुन्छ । जसले दृष्टिमा बाधा पुर्याउँछ ।
यही समस्याका कारण भारतविरुद्ध चेन्नईमा खेलिएको पहिलो टेस्टमा शाकिबले घाँटीमा कालो धागो लगाउनुभएको थियो र त्यसलाई मुखले थिच्नुभएको थियो । यो विधि उहाँले आफैं बनाउनुभएको हो ।
भारतविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा शाकिबले ३२ रनमात्र बनाउन सक्नुभएको थियो भने दोस्रो इनिङ्समा २५ रन मात्र बनाउन सक्नुभएको थियो । चेन्नईमा भएको यस टेस्टमा उहाँले कुनै विकेट लिन सक्नुभएन ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts