काठमाडौं । श्रीलंकालाई पराजित गर्दै नेपाली युवा टोलीले भुटानमा जारी साफ यू-१७ च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । भुटानको चाङलिमिथाङ रंगशालामा सोमबार भएको खेलमा नेपालले श्रीलंकामाथि ४-० फराकिलो जित निकालेको हो ।
नेपालको जितमा सुजन डंगोलले हृयाट्रिक गर्नुभयो भने विज्ञान खड्काले एक गोल गर्नुभयो । जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।
पहिलो हाफको चौथो मिनेटमा नै सुजनको हेडर गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो । खेलको १२ औँ मिनेटमा सुजनले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीको अग्रता दोब्बर पार्नुभयो ।
खेलको ३० औँ मिनेटमा सुजनले हृयाट्रिक पूरा गर्नुभयो । खेलको ८४ औं मिनेटमा विज्ञानले गोल थप्दै नेपाललाई ४-० को फराकिलो अग्रता दिलाउनुभयो । त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपालले च्याम्पियनसिपमा पहिलो जित निकालेको हो ।
नेपाली युवा टोली पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको थियो । समूहमा ‘बि’ मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली भुटानविरुद्ध खेल्नेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा