
एजेन्सी । आर्यना सबलेन्काले घरेलु खेलाडी जेसिका पेगुलालाई पराजित गर्दै यूएस ओपन-२०२४ को उपाधि जित्नुभएको छ । गतवर्ष फाइनलमा व्यहोरेको हारलाई बिर्साउँदै सबलेन्काले यसपल्ट उपाधि भिडन्तमा ७-५ र ७-५ को रोमाञ्चक जित नकाल्नुभयो ।
बेलारुसीकी खेलाडी सबलेन्काले ग्राण्ड स्लामको उपाधि जितेको यो तेस्रो पल्ट हो । दुई पल्टकी अष्ट्रेलियन ओपन विजेता २६ वर्षीया सबलेन्काले यूएस ओपन जितेको भने यो पहिलो पटक हो ।
हारसँगै ३० वर्षीया पेगुलाका लागि ठूलो उपाधि जित्ने सपना अझै पूरा हुन सकेन । उहाँ पहिलो पटक कुनै ग्राण्ड स्लामको फाइनलमा खेलिरहनुभएको थियो । सबलेन्कालाई खेल जित्न एक घण्टा ५३ मिनेट लागेको थियो र जितसँगै उहाँले ३६ लाख अमेरिकी डलर पनि हात पार्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच