काठमाडौं । नेपाल क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल) का ८ फ्रेन्चाइज टिमको टुंगो लागेको छ । काठमाडौंमा गरिएको विडिङअनुसार काठमाडौंलाई काठमाडौं स्पोर्ट्स डेभ्लपमेन्ट भेन्चरले तीन करोड ३३ लाख ३३ हजार ३४९ रुपैयाँमा किनेको छ । नेपाल मेडिसिटी ग्रुप, याक एण्ड यती ग्रुपअन्तर्गतको साझेदारीअन्तर्गत काठमाडौं स्पोर्ट्स डेभ्लपमेन्ट भेन्चर रहेको छ ।
त्यस्तै, पोखरालाई नेपाल टी-२० प्रालिले र चितवनलाई चितवन मेडिकल कलेजले किनेको छ । एनपीएल सबैभन्दा बढी मूल्य पाउनेको शीर्ष स्थानमा पोखराकै फ्रेन्चाइजी रहेको छ । विराटनगरलाई एमएडी ड्रिम्स स्पोर्टसले, लुम्बिनीलाई फर्चुना हेल्थ केयरले, जनकपुरलाई ड्रिम स्पोर्टसले, कर्णालीलाई हिमालयन बिल्डर्स र सुदूरपश्चिमलाई एम्पायर स्पोर्ट्सले खरिद गरेका छन् । कर्णालीले सबैभन्दा कम मूल्य पाएको छ ।
पोखरा तीन करोड ५७ लाख, चितवन एक करोड ७६ लाख एक हजार, विराटनगर एक करोड ५१ लाख, लुम्बिनी एक करोड ८६ लाख, जनकपुर दुई करोड पाँच लाख, कर्णाली एक करोड ११ लाख ७० हजार र सुदूरपश्चिम एक करोड ६८ लाख आठ हजार ८८८ रुपैयाँमा बिक्री भए । आगामी नोभेम्बर ३० तारिखदेखि हुने एनपीएल हुँदैछ ।
बोलकबोलबाट आउने रकम पहिलो वर्षका लागि फ्रेन्चाइज फि रहनेछ । दोस्रो वर्षबाट भने टोलीले फ्रेन्चाइज खरिदका लागि राखिएको न्यूनतम रकम (बेस प्राइस) वार्षिक रूपमा तिर्नुपर्ने क्यानका प्रवक्ता छुम्बी लामाले बताउनुभयो । हाल क्यान र फ्रेन्चाइजबीच यति वर्ष नै भनेर टुंगो लागेको छैन । आधिकारिक सम्झौता हुन बाँकी रहेको र केही दिनमै टुंगो लाग्नेछ । दुवै पक्षले यो समय ८ देखि १० वर्षको बीचमा राख्न भने सहमत भएको प्रवक्ता लामाले जानकारी दिनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts