काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले फराकिलो जित निकालेको छ । राफिन्हाले ह्याट्रिक गरेपछि क्याटलान क्लब बार्सिलोनाले उत्कृष्ट जित दर्ता गरेको हो ।
शनिबार राति ओलम्पिक स्टेडियममा भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि ७–० को फराकिलो जित दर्ता गरेको हो।
पहिलो हाफको २० औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। ब्राजिलियन राफिन्हाले ८ मिनेटको अन्तरमा दुई गोल गर्नुभयो । उहाँले ६४ र ७२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो ।
रोबर्टो लेवान्डोस्कीले खेलको २४ औँ मिनेटमा गोल गर्नुभयो । बार्सिलोनाका लागि जुलेस काउन्डे, डानी ओल्मो र फेरान टोरेसले गोल गर्नुभयो । चार खेलमा जित निकालेको बार्सिलोना १२ अंकमा तालिकाको शीर्ष स्थानमा छ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता