काठमाडौं । तीजको अवसरमा निरन्तर ‘बिच्च बिच्चमा’ गीतको ल्याउने गर्नुभएका गायक तथा संगीतकार दुर्गेश थापाको ‘बिच्च बिच्चमा ७’ सार्वजनिक भएको छ । दुर्गेशले यो ‘बिच्च बिच्चमा’ शृंखलाको अन्तिम भएको जानकारी गराउनुभएको छ । जनचेतनामूलक र सन्देशमूलक भनिएको उक्त गीतको शब्द तथा भिडियोले नारीप्रतिको सम्मान बोल्छ । दुर्गेशकै निर्देशन रहेको भिडियोमा एकल महिलालाई नृत्यमा प्रस्तुत गरिएको छ ।
मौसम हिमालीको नृत्य निर्देशन रहेको भिडियोमा दुर्गेशसँगै गायक तथा मोडल पेमा लामाको अभिनय छ । दुर्गेश र पेमा यसअघि ‘झुम्का हरायो’ बोलको गीतमा एकसाथ देखिनुभएको थियो । गीतमा शब्द, संगीत, स्वर दुर्गेशकै छ । एरेञ्ज भने साहस शाक्यले गर्नुभएको छ । मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता