काठमाडौं । नेपाल पौडी संघको आयोजनामा सातदोबाटो ललितपुरस्थित पौैडी पोखरीमा आधारभूत पौडी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । तालिमको एक कार्यक्रमबीच नेपाल पौडी संघका अध्यक्ष जगत्मान श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।
तालिमको उद्घाटन गर्दै श्रेष्ठले आगामी वर्षदेखि नेपालमा पौडी प्रशिक्षकको अभाव हुन नदिने बताउनुभयो । तालिममा २५ जना प्रशिक्षार्थी सहभागी रहेको संघले जनाएको छ । तालिम भदौ १५ गतेसम्म सञ्चालन हुनेछ । पौडी प्रशिक्षकको अभावमा पौडी प्रशिक्षणमा देखिएको असहजतालाई मध्यनजर गर्दै यो वर्ष संघले पाँच प्रदेशसहित केन्द्रमा तालिम सञ्चालन गर्न लागेको हो ।
कोशी, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशमा आगामी भदौ अन्तिमदेखि तालिम सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति लिइसकेको संघका प्रवक्ता उमेश प्रधानले बताउनुभयो ।






