रावलपिण्डी । बंगलादेशले टेस्ट क्रिकेटको इतिहासमा पहिलोपटक पाकिस्तानलाई हराएको छ । रावलपिण्डीमा भएको दुई टेष्ट म्याचको सिरिजको पहिलो खेलमा बंगलादेशले १० विकेटले जित हात पारेको हो । यसअघि दुवै टोली १४ पटक आमनेसामने भएका थिए । जसमध्ये पाकिस्तानले १२ खेल जितेको थियो । एक खेल बराबरी र एक खेल रद्द भएको थियो । दुवै टोलीले सन् २००१ मा पहिलोपटक टेस्ट खेलेका थिए ।
आइतबार पाकिस्तानले आफ्नो दोस्रो इनिङ्स २३/१ को स्कोरमा अघि बढाएको थियो । पाकिस्तानको टोली १४६ रनमा अलआउट भयो । विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले ५१ रनको इनिङ खेल्नुभयो । ओपनर अब्दुल्लाह शफिक ३७ रन बनाएर आउट हुनुभयो भने बाबर आजम २२ रन बनाएर आउट हुनुभयो । बंगलादेशका लागि मेहदी हसन मिराजले चार विकेट लिनुभयो ।
शाकिब अल हसनले तीन विकेट लिनुभयो । पाकिस्तानले पहिलो इनिङ्समा ४४८/६ रन बनाएको थियो । जवाफमा बंगलादेशले आफ्नो पहिलो इनिङ्समा ५६५ रन बनाएको थियो । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता