काठमाडौं । चलचित्र ‘एक्टरः टेक वान’को फस्टलुक पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का फिचर्ड हुनुहुनछ । पोष्टरमा प्रदीपका पाँच तस्बिर छन् । घाइते, नेपाली पोसाकमा, पाइलटको पोशाकमा, लामो कपालमा क्याजुल पोशाकमा रहेको तस्वीर र हल्का जाडोमा स्वेटर लगाएका पाँच लुकमा प्रदीप फिचर्ड छन् ।
यीमध्ये टाउका र अनुहारभरी चोट लागेको तस्वीरले पोष्टरमा प्राथमिकता पाएको छ । जसमा उहाँको टाउकोमा ब्यान्डेज बाँधेको छ । हातमा प्लाष्टर छ । जुन हात उहाँले काँधमा झुण्डाउनुभएको छ । उभिनलाई बैशाखीको सहारा लिनुभएको छ । यसले उहाँ ठूलै दुर्घटना वा कुनै आक्रमणमा परेको संकेत गर्छ । यीमध्ये कुन लुकको क्यारेक्टरले चलचित्रमा प्राथमिकता पाएको छ, त्यो भने प्रष्ट छैन ।
कात्तिक १५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्रमा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी मुख्य भूमिकामा हुनुहुन्छ । राजन भुसालको निर्देशन रहेको चलचित्रमा आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला उषा रजक, सिर्जना अधिकारी, अनुज पाण्डे, बादल भट्ट, प्रदीप कुमार चौधरी (पीके), देवेन्द्र नेपाललगायत हुनुहुन्छ । राज बल्लभको यो कमब्याक चलचित्र हो ।
अभिनेता खड्काले पहिलोपटक चलचित्रको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लाग्नुभएको हो । थमनकुमारी भण्डारी चलचित्रका निर्माता हुनुहुन्छ । पोष्टर डिजाइन रोयल भीमसेनले गर्नुभएको हो ।
अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गर्नुभएको छ । चलचित्रको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुनुहुन्छ । चलचित्रका लेखक आकाश बराल र राजन भुसाल हुनुहुन्छ । ट्राइडेन कन्सेप्टको पब्लिसिटी तथा पोस्टर डिजाइनमा रोयल भीमसेन र सुजन श्रेष्ठ हुनुहुन्छ । शिशिर खाती र किरण थापा कोरियोग्राफी रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत छ ।
मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको चलचित्रमा सह निर्देशकमा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की रहनुभएको छ । चलचित्रमा काव्य थापाको मेकअप, वसन्त बुढा र अनिका श्रेष्ठको कष्ट्युम डिजाइन छ ।
चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मुक्ताङको कलर, सायल खानको पोट प्रोडक्सन सुपरभाइजर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नवीन श्रेष्ठको साउण्ड, रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर, विवेक खकुरेलको सोसल मिडिया म्यानेजर, सोसल मिडिया कन्सेप्ट राइटरमा ज्ञानु संगम खड्का हुनुहुन्छ ।






