चितवन । गायक भुवन प्यासीको नयाँ गीत ‘इंगेज्मेन्ट’ श्रोता/दर्शकमाझ आउने भएको छ । बुधबार भरतपुरमा उक्त गीतको भिडियोको छायांकन सम्पन्न भएसँगै यो गीत श्रोता/दर्शकमाझ आउने भएको हो ।
भुवन प्यासी र मेलिना राईको स्वर रहेको गीतको भिडियोमा देव महतो, मिस पवीलगायतले अभिनय गर्नुभएको छ भने क्यामरा रविन्द्र बराल, निर्देशन सिर्जन बरालको रहेको छ ।
स्टेज कार्यक्रममा रुचाइने गायकको पहिचान बनाउनुभएका भुवन प्यासी युरोपका अधिकांश मुलुकमा सांगीतिक भ्रमण गरिसक्नु भएको छ । उहाँ केही दिनमा अमेरिका जाँदै हुनुहुन्छ । भुवनका ‘लेहेंगा हार, माइली, यो देशको लागि, मखमली, हल्का हल्का चुम्न देऊ न काली, ट्राफिक जाम, झम्के झम्के, हे बरै’लगायत गीत श्रोता÷दर्शकको रोजाइमा छन् ।






