काठमाडौं । रक व्याण्ड ‘एक्सिस’ले ‘पाइला’ बोलको गीतको सार्वजनिक भएको छ । बिजु कर्माचार्य र सन्दीप विश्वकर्माको संगीत, रविजंग थापाको शब्द तथा सन्दीपकै स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा कविता नेपाली (गुरुङ) र धीरज गुरुङ फिचर्ड हुनुहुन्छ । स्पोर्टस जनराको गीतमा कवितालाई बक्सर र धिरजलाई बक्सर प्रशिक्षकको रुपमा देखाइएको छ । भिडियोमा व्याण्डका सदस्यहरूलाई पनि स्थान दिइएको छ । भिडियोमा व्याण्डको दृश्य निर्देशन बिजु कर्माचार्यले गर्नुभएको हो । व्याण्डको छायांकन निश्चल श्रेष्ठले र भिडियोका कलाकारको डीओपी जेनिस महर्जनले गर्नुभएको हो ।
पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले निर्माण गरेको भिडियो बालाजुस्थित नेपाल चलचित्र विकास संस्थान (एनएफडीसी) को स्टुडियोमा छायांकन गरिएको हो । भिडियोमा गौरव विष्टको सम्पादन र रंग संयोजन तथा स्टिभ देवानका प्रोडक्सन छ । भिडियो एक्सिस अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
व्याण्डमा सन्दीप विश्वकर्मा(संस्थापक र भोकल), अमूल्य श्रेष्ठ(ड्रम), सजिन महर्जन(बास), निखिल सिकर्मी र रोशन लामा (गीतार) सदस्य हुनुहुन्छ । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले व्याण्ड ‘एक्सिस’को व्यवस्थापन हेर्दै आएको छ । विकेश कायस्थको नेतृत्वमा रहेको नेटवर्कमा सुमन महर्जन श्रेष्ठ र स्टिभ देवान सदस्य हुनुहुन्छ । नेटवर्कले संगीतका तीन पुस्ताको कार्यक्रम आयोजना गरिसकेको छ । जसमा नेपथ्य, बालेन, पूर्ण राई एण्ड दाजुभाइलगायता व्याण्ड पर्छन् ।






