ढाका । बंगलादेशले भुटानसँग दुई फिफा मैत्रीपूर्ण खेल खैल्ने भएको छ । बंगलादेश फुटबल फेडेरेसन (बिएफएफ)ले राजनीतिक अवस्थाबीच आफ्ना खेलाडीलाई व्यस्त बनाउन मैत्रीपूर्ण खेल आयोजना गरेको जनाएको छ । सेप्टेम्बर ५ र ८ मा हुने दुवै खेल भुटानमा हुनेछन् ।
यसअघि बिएफएफले दुवै खेल बंगलादेशमा गर्ने योजना बनाएको थियो । तर, राजनीतिक घटनाक्रम बढ्दो रहेका कारण खेलस्थल सारेको बिएफएफले जनाएको हो । बंगलादेशमा अहिले अन्तरिम सरकार छ ।
विद्यार्थी आन्दोलनले चर्काे रूप लिएपछि बंगलादेशको जनजीवन सामान्य रूपमा चल्न सकेको छैन । ‘हामीले दुई मैत्रीपूर्ण खेलका लागि अगष्ट ३० मा टिमलाई भुटान पठाउँछौँ,’ बिएफएफका महासचिव इमरान हुसैनले भन्नुभयो । एजेन्सी ।






