
काठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज समूह ‘ए’ का बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । जारी च्याम्पियनसिपमा बंगलादेशले पहिलो खेल खेल्न लागेको हो भने श्रीलंकाले दोस्रो खेल खेल्दैछ । श्रीलंका पहिलो खेलमा नेपालसँग १–० गोलले पराजित भएको थियो ।
आजको खेलमा श्रीलंका जित्नै पर्ने दबाबमा छ । आज पराजित भएको खण्डमा श्रीलंका समूहचरणबाटै बाहिरिनेछ । श्रीलंका पराजित हुँदा वा बराबरीमा मात्रै सिमित रहँदा पनि नेपाल भने एक खेल अगावै सेमिफाइलनमा प्रवेश गर्नेछ ।
समूहमा नेपालको तीन अंक छ । नेपालले समूहको दोस्रो खेल बिहीवार बङ्गलादेशसँग खेल्नेछ । च्याम्पियनसिपमा ६ टोली सहभागी छन् । जसमा नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।
दक्षिण एसियाली टोलीको प्रतिस्पर्धामा पाकिस्तान भने सहभागी छैन ।सोमबार भएको समूह ‘बी’ को खेलमा साविक विजेता भारतले भुटानलाई १–० गोलले हराएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच