
काठमाडौं । साबिक विजेता भारतले साफ यू-२० च्याम्पियनसिप २०२४ मा भुटानमाथि कठिन जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नौ खेलाडीमा रहेको भारतले दश खेलाडीमा रहेको भुटानलाई एक-शून्यले पराजित गरेको हो । भारतका लागि मोनिरूफ मोल्लले ३७ मिनेटमा गोल गर्दै अग्रता दिलाउनुभएको थियो ।
दोस्रो हाफमा भने खेल केही तनावपूर्ण बनेको थियो । जसमा भारतका दुई र भुटानका एक खेलाडीले रातो कार्ड पाएका थिए । ६९ मिनेटमा मैदानमा खेलाडीबीच हात हालाहाल भएपछि भारतका प्रमवीर र वानलालपेका गुइटे तथा भुटानका किनले ग्याल्तसेन रातो कार्डको सामना गर्दै मैदान छोड्नुभएको थियो ।
प्रतियोगिताअन्तर्गत आज (मंगलबार) बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । नेपालले पहिलो खेलमा श्रीलंकालाई १-० गोलले हराएको थियो । नेपालले दोस्रो खेल बिहीबार बंगलादेशसँग खेल्नेछ ।
च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन् । सहभागी ६ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच