राष्ट्रिय शतर्कता केन्द्रद्वारा सिंहदरबारका कर्मचारीहरुको अनुगमन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय शतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीहरुको अनुगमन शुरु गरेको छ ।

कर्मचारीहरुले कार्यालय समयमा हाजिर गरेर निस्किने क्रम बढेको भन्दै शतर्कता केन्द्रले बिहीवार सिंहदरबार दक्षिण गेटमा बसेर अनुगमन गरेको हो । सिंहदरबार भित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेपछि शतर्कता केन्द्रले कार्यालय समयमा बाहिर जाने कर्मचारीहरूको नाम र आइडी कार्डको विवरण राख्न थालेको हो । छड्के अनुगमन दिनभर नै हुनसक्ने राष्ट्रिय शतर्कता केन्द्रका प्रहरी नायव उपरीक्षक कृष्ण अधिकारीले बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘कार्यालय समय १० बजे अफिस आउने त्यसपछि हाजिर गरेर निस्किने कर्मचारीको लागि अनुगमन गरिएको हो । सचिवज्युले आदेश दिनुभएको हो । १० बजेदेखि १२ बजेसम्म अनुगमन गरेका छौँ ।’

सिंहदरबार भित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेको गुनासो आएको र बाहिर निस्किने कर्मचारीहरुले कुनै न कुनै बहना बनाउने गरेको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *