काठमाडौं । केदारेश्वरमान स्थापितले ११औँ विश्व स्ट्रेन्थ लिफ्टिङ तथा इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको छ । काजकिस्तानको ओस्केमेनमा जुलाई १५ देखि १९ तारिखसम्म भएको उक्त प्रतियोगितामा उहाँले इन्क्लाइन बेन्च प्रेसको मास्टर्स दुई क्याटगोरीको ५० वर्षमाथि पुरुष ७२ देखि ७६ केजी तौल समूहमा स्वर्ण जित्नुभएको हो ।
उहाँले कुल १९५ केजी भार वहन गर्नुभयो । केदारेश्वरका अनुसार उहाँको स्पर्धामा विभिन्न नौ राष्ट्रका त्यत्ति नै खेलाडी सहभागी थिए । किर्गिस्तानका खेलाडी दोस्रो तथा चीनका खेलाडी तेस्रो भए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले उहाँलाई सफलताका लागि बधाई दिनुभयो । उहाँले २०२२ को नवौँ तथा २०२३ को १०औँ गरी दुवै संस्करणमा रजत जित्नुभएको थियो ।






