काठमाडौं । थारू भाषाका कविताबारे विमर्श गरिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा विमर्श गरिएको हो । नेपाल प्रज्ञा-प्रतिष्ठान र थारू लेखक संघ, नेपालको सहकार्यमा ठुम्रार साहित्यिक बखेरीको १००औं शृंखलाअन्तर्गत उक्त छलफल सम्पन्न भएको हो । ‘हमार संस्कृति हमार स्वाभिमान, सक्कुजे मिल्के बचाई आपन बचाई आपन पहिचान’ नाराका साथ ०६९ माघदेखि सुरु थारू साहित्य रचना वाचनको यो शृंखला शतांकसम्म आइपुगेको छ ।
कार्यक्रममा थारू साहित्यका अध्येता भूमिका थारूले ‘थारू भाषाका कवितामा महिला हस्ताक्षर’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले थारू भाषामा महिला कवि तथा कविता लेखनको स्थिति र सम्भावनाबारे बताउनुएको थियो ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानले विभिन्न भाषाभाषीलाई प्राथमिकता दिँदै आएको जिकिर गर्नुभयो । विभिन्न क्षेत्रमा योगदान पु¥याउने बुद्धसेन चौधरी, मानबहादुर चौधरी पन्ना, सीताराम चौधरी, बलराम चौधरी र नन्दुराज चौधरीलाई उक्त अवसरमा कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा अरूण चौधरी, गणेश वर्तमान, प्रणव चौधरी, शिव चौधरी, मित्थु थारू, अर्णव चौधरी, सन्तोषी चौधरी, सीएन थारू, निरजबाबु चौधरी, दोषहरण चौधरी, श्रीसन चौधरी, अविनाश चौधरी, शान्ति चौधरी, शत्रुघन चौधरी, भीमेश चौधरी, रामस्वागत चौधरी, उदयनारायण चौधरी, दिलबहादुर कुश्मीलगायत व्यक्तिले कवितावाचन गर्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता