काठामाडौं । प्राडा.कुलप्रसाद कोइरालाद्वारा लेखिएका ‘आफ्नै बाटो आफ्नै पाइला’ आत्मसंस्मरण तथा ‘एक्काको जोडी एक्का’ कथासंग्रह आइतबार एक समारोहबीच लोकार्पण भएका छन् । रत्नराज्य लक्ष्मी क्याम्पसको सभाहलमा आयोजना भएको कार्यक्रम सोही क्याम्पसका क्याम्पस प्रमुख जीवनधर ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लेखकलाई शुभकामना दिने क्रममा बंगलादेशमा हालै भएको घटनालाई नेपाली जनताले पनि गम्भीरतापूर्वक हेरेका छन् भन्नुभयो । उहाँले बीपी कोइराला भारतबाट फर्केको बेलाभन्दा हालको अवस्था अझै कमजोर छ भन्ने धारणा राख्नुभयो । कोइरालाले भन्नुभयो, ‘आर्थिक समृद्धि, राजनीतिक स्थायित्व तथा देश विकासका लागि कांग्रेस र एमाले एक ठाउँमा बस्नुपर्छ भनेर मैले आवाज उठाउँदै आएको हुँ तर हालको शैलीले नेपाली कांग्रेस तथा अन्य प्रजातान्त्रिक शक्तिहरू चिन्तित छन् ।’ उहाँले राजनीतिमा कति कुरा गोप्य राख्नुपर्ने अवस्था आउँछ भन्दै सबै कुरा अहिले भन्न मिल्दैन तर नेपाली कांग्रेसले हाल सही गरिरहेको छ वा गलत सबैले बुझ्नुपर्ने बताउनुभयो ।
वर्तमान संविधानले कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने अवस्थाको सिर्जना गरेको छ भन्दै उहाँले त्यसकारण सविधान संशोधन आवश्यक छ तर यसका लागि आवश्यक बहुमत पुग्न नसक्ने बताउनुभयो । देशको राजनीति बिचौलियाको हातमा गइरहेको प्रसंगको चर्चा गर्दै उहाँले यो चिन्ताको विषय हो भन्नुभयो । उहाँले निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने तर्क पनि राख्नुभयो । हाल मन्त्री बनेकाहरू निष्कलंक निस्कन सक्नुपर्छ भन्दै यसका लागि जनताको साथ हुनुपर्ने र जनतासँग नभिझी लोकतन्त्र बजबुत बन्न सक्दैन उहाँले भन्नुभयो ।
प्राडा.हरिप्रसाद उपाध्याय विशिष्ट अतिथि रहनुभएको उक्त समारोहमा डा.ध्रुवलाल पाण्डेले स्वागत मन्तव्य दिनुभएको थियो भने प्राडा. भागवत ढकाल, प्राडा.मुकुन्दप्रसाद लामिछाने, डा.केदारनरसिंह केसी, प्राडा.वसन्त ढकाल, कृष्णमुरारी कोइराला, उषा अधिकारी तथा जगत तिमिल्सिनाले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा लोकार्पण भएका पुस्तकहरूमध्ये प्रा.पुरुषोत्तम दाहालले ‘आफ्नै बाटो आफ्नै पाइला’को र कलानिधि दाहालले ‘एक्काको जोडा एक्का’को समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
प्राडा.शान्तिकृष्ण अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पुस्तकका लेखक प्राडा.कोइरालाले आफ्नो लेखकीय मन्तव्य राख्नुभएको थियो भने विशिष्ट अतिथि प्राडा.उपाध्यायले संस्कृति र संस्कार हाम्रा पहिचान हुन् भन्नुहुँदै संस्कृतले यसको संरक्षण गर्नसक्ने धारणा राख्नुभएको थियो । डा.उद्धव सिग्देलले धन्यवाद व्यक्त गर्नुभएको थियो भने सभापति ज्ञवालीले आफ्नो धारणाका साथ कार्यक्रमको समापन गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts