वासिङ्टन । ला लिगा सुरु हुनुअघि भएको अन्तिम मैत्रीपूर्ण खेलमा हान्सी फ्लिकको बार्सिलोना लिग वान क्लब मोनाकोसँग ३-० गोल अन्तरले पराजित भएको छ । युरोकप २०२४ मा स्पेनबाट खेल्नुभएका लामिन यामाल स्वदेश फर्के पनि मोनाकोले जोआन गाम्पर ट्रफीमा बार्सिलोनालाई हराएको हो ।
मोनाकोले दोस्रो हाफको सुरुमै कर्टेन रेजरमा लामिन कामाराको गोलबाट अग्रता लिएको थियो भने ब्रिल एम्बोलोले अग्रता दोब्बर पार्नुभयो । इल्के गुन्डोगानले टाउकोमा चोट लागेपछि मैदान छाड्नुभएको थियो ।
१७ वर्षीय खेलाडी मैदान उत्रिएपछि केही समयका लागि बार्सिलोनाका समर्थक उत्साहित भएका थिए । तर, क्रिश्चियन माविसाले मोनाकोको तेस्रो गोल गरेपछि स्टेडियम शान्त भएको थियो । प्रतिद्वन्द्वी रियलबाट स्पेनिस उपाधि खोस्ने लक्ष्यमा रहेको बार्सिलोनाले शनिबार भ्यालेन्सियाको सामना गर्दै ला लिगाको सुरुवात गर्नेछ । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता