लण्डन । म्यानचेस्टर सिटीले एफए कम्युनिटी शिल्ड जितेको छ । म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै सिटीले सातौँपल्ट उपाधि जितेको हो । सिटीले यसअघि १९३७, ६८, ७२, २०१२, ०१८ र ०१९ मा उपाधि जितेको थियो ।
वेम्बलीमा भएको फाइनलमा युनाइटेडलाई पेनाल्टी सुटआउटमा सिटीले ७-६ ले पराजित गर्यो । त्यसअघि दुवै टोलीले १-१ को बराबरी खेलेका थिए । ८२औँ मिनेटमा बु्रनो फर्नान्डिसले उपलब्ध गराइदिएको पासमा अलेजान्ड्रो गार्नाचोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो ।
तर, निर्धारित खेल सकिन एक मिनेट बाँकी रहँदा ओस्कर बबले बराबरीमा ल्याउन मद्दत गर्नुभयो । उहाँले दिएको पासमा बर्नार्डो सिल्भाले गोल गर्नुभयो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । एजेन्सी ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts