
✍️ राजीव श्रेष्ठ
विश्वको कलाजगत्मा अत्यन्त श्रद्धाका साथ लिइने एउटा नाम हो-‘पाब्लो पिकासो’ । कलासंसारमा उनको महत्व कतिधेरै झल्किन्छ भने उनका बारेमा लेखिएका वृत्तान्त पुस्तक तथा उनका व्यक्तित्वले उनको कलाकृति समेतलाई दलदलमा गाडिदिन्छ । सन् १९७३ मै यस जगत्बाट बिदा भइसकेका पिकासोको उपस्थिति अहिले पनि कलाजगत्मा त्यत्तिकै सबल मानिन्छ । पूरै जीवनभर एउटा प्रयोगात्मक कलाकारका रूपमा निरन्तर आफ्नो सिर्जनालाई प्रगतिशील तुल्याउन सक्नु नै पिकासोको सर्वाधिक चर्चाको कारक मान्न सकिन्छ । आधुनिक कलाको क्षेत्रमा मूलतः पिकासोको स्थान र उनका कलाकारिताका महत्व कति व्यापक छ भने तिनका बारेमा सधैं बहस चलाउन सकिन्छ । कतिपय उनका कलाकृति मान्छेको विवेचनाबाट धेरै टाढा छ । त्यसैले पिकासोलाई हतपत हामी ठम्याउन सक्दैनौं ।
पिकासोका कलाकृतिको उचित मूल्यांकन सायद दुर्लभ छ, जसले सबैलाई विशेषगरी कला समीक्षकलाई व्याख्या गर्ने चुनौती थपिदिन्छ । उनको एउटा कलाकृतिले पनि पृथक्-पृथक् अभिव्यक्ति दिइरहेको हुन्छ । उदाहरणका लागि लण्डनस्थित टेट ग्यालरीमा संकलित उनको ठूलो कलाकृति ‘दि थ्री डान्सर्स’ अर्थात् तीन नर्तकीका बारेमा विभिन्न व्याख्या उपव्याख्याहरू कायम रहेका छन् । सन् १९२५ मा सुसज्जित २१५१४२ सेमि आकारको उक्त टेलिचित्रको पृष्ठभूमिमा देखिएको छायाँ स्वरूपको कालो अग्लो व्यक्ति पिकासोकै मित्र फिसोत हुन् जसको अकाल मृत्यु भएको थियो भनेर कतिपयले वर्णन गरेका छन् । सोही चित्रका बारेमा अर्को पृथक् समालोचना छ-पहिलो विश्वयुद्धताका बनाइएको उक्त चित्रमा पिकासोको ब्यालेट नृत्यप्रतिको मोह झल्किन्छ भन्ने । यसरी पिकासोका कलाकृतिहरू व्यापक अर्थहरू बोकेर खडा भएका छन्-मानौं ती कलाकृतिहरू केबल चित्रकृति नभएर कुनै दर्शनशास्त्र हुन् । माथि उल्लखित चित्रका अन्य व्याख्याहरू पनि छन् । सबैको उल्लेख यहाँ गर्न सकिन्न ।
पिकासोलाई साँचो अर्थमा पिकासोको रूपमा स्थापित गर्ने उनको आविष्कार अर्थात् कलाको नौलो आयाम ‘घनात्मकता’ अथवा ‘क्यूबिज्म’ भन्दा अघि पिकासोले थुप्रै शैली आफ्नो कला सिर्जनामा उतारे । यथार्थवाद, क्यारिकेचरजस्ता थुप्रै शैलीमा सिर्जना गर्ने पिकासोका कृतिहरूलाई विभिन्न भागमा बाँडेर अध्ययन गर्ने गरिएको छ ।
सानो उमेरबाटै अद्भूत स्वभावका पिकासो सदैव एउटा महान् कलाकारका रूपमा अमर रहने छन्, यसमा कुनै शंका छैन । पिकासोलाई यसरी स्थापित गर्ने कारण उनमा रहेको एउटा कलाकारको बहुआयामिक व्यक्तित्व नै हो । बहुआयामिक कुन अर्थमा भने उनी कहिल्यै एउटा आयाममा अड्किएर बस्न रुचाएनन्, बरू आफ्नो नयाँनयाँ प्रयोगले पछिल्ला थुप्रै पुस्ताहरूलाई समेत उनले नयाँ आयामहरूको सिर्जना गरेर कलाजगत्को स्वरूपमा व्यापक परिवर्तन ल्याइदिए । यस अर्थमा उनी परिवर्तनशील कलाकार पनि हुन् । स्पेनमा जन्मिएका पिकासोका प्रारम्भिक कलाकृति एवं मूर्तिहरू वास्तवमै प्राचीन मूर्तिकलाको प्रतिपादन थियो । स्वाभाविक रूपमा पहिल्यैदेखि विद्रोही स्वभावका पिकासो आफ्नो तन्नेरी अवस्थामा बार्सिलोनाका क्याफेहरूमा चहारेर दिनचर्या गुजार्थे, जहाँ प्रबुद्ध व्यक्तिहरूको जमघट हुन्थ्यो । त्यसपछि तुरुन्तै उनी फ्रान्सको पेरिस सहर पुगे, जुन संसारकै कला राजधानी मानिन्छ । त्यहाँ पुगेर उनले त्यस समयका प्रसिद्ध कलाकारहरू म्यानेट तया तलुज लौटरीका कलाकृतिको डुबेर अध्ययन गरे । तिनका खाका तस्वीरहरूबाट उनी साह्रै प्रभावित हुन्छन् पनि । त्यसपछि उनले फ्रान्स र स्पेनको आवतजावतको क्रम निकै बढाउँछन् । वास्तवमा पिकासो एउटा त्यस्ता कलाकार हुन्, जसले आफ्नो जीवनलाई पनि आफ्नो कलाकृतिलाई झैँ एकै ठाउँमा बाँधेर कहिल्यै राखेनन् ।
पिकासोलाई साँचो अर्थमा पिकासोको रूपमा स्थापित गर्ने उनको आविष्कार अर्थात् कलाको नौलो आयाम ‘घनात्मकता’ अथवा ‘क्यूबिज्म’ भन्दा अघि पिकासोले थुप्रै शैली आफ्नो कला सिर्जनामा उतारे । यथार्थवाद, क्यारिकेचरजस्ता थुप्रै शैलीमा सिर्जना गर्ने पिकासोका कृतिहरूलाई विभिन्न भागमा बाँडेर अध्ययन गर्ने गरिएको छ । सन् १९०१ देखि १९०४ सम्म उनले सिर्जना गरेका कलाकृतिहरूको समयसीमालाई ‘ब्लू पिरियड’ भनेर चिनिन्छ किनकि त्यस समयमा सिर्जितपिकासोका सम्पूर्ण चित्रहरू नीलो रङले सुसज्जित छन् भने चित्राकृतिको विषयवस्तु बनेका छन्-गरिब, मगन्ते र वेश्याहरू । यही समयताका पिकासोले आफ्ना प्रारम्भिक मूर्तिहरू पनि बनाएका थिए । स्पेनी कवि कासारोमासको सम्झनामा बनाइएको ‘ला भाइ’ (१९०३३ शीर्षकको कलाकृति त्यस समयको एउटा प्रमुख कलाकृति हो, जुन पिकासोको आफ्नो बाल्यकालका साथी (जसले आत्महत्या गरे) को स्मृतिमा बनाएका थिए ।
पिकासोको चित्रकलाका अर्को महत्वपूर्ण समय हो-‘रोज पिरियड’ सन् १९०४ देखि १९०६ सम्मका अर्थात् तीन वर्षका उनका कलाकृतिहरू यस समयसीमाका पर्छन् । निराशजन्य नीलो रङको प्रयोग छाडेर उज्यालो रङ गुलाफी प्रयोग गर्दै, त्यस समर्याभत्र उनले बनाएका विविध चित्रहरूका मुख्य विषयवस्तु भने सर्कस देखाउने मान्छे विदूषक, तथा जोकरहरू रहेका थिए, जो चूपचाप बसेका अनि अचम्मसित निष्क्रिय देखाइएका छन् ।
सन् १९०५ मा केही समयका लागि हल्याण्डको भ्रमणमा गएका पिकासो पेरिस फर्किँदा प्राचीन युनानी कलाशैलीबाट प्रभावित बनेर फर्केका थिए । फलस्वरूप उनका तत्कालीन कलाहरूमा प्राचीन युनानी भावहरू प्रष्ट झन्किन्छन् । ठूलाठूला महिला-पुरुष आकृतिद्वारा सजिएका उनका ती कलाकृतिहरूमा एउटा महत्वपूर्ण नक्सा संग्रहालयमा संगृहीत गरिएको छ । सन् १९०६ को समयमा पिकासोलेस्पेनमा एउटा पुरानो आईबरियाको मूर्ति फेला पारेका थिए । त्यसैगरी उनले पेरिसमा खोजेर पत्ता लगाएको अफ्रिकी कला एवं गौगुइन्सकामूर्तिहरूबाट प्रभावित भएपछि त्यस वर्ष तयार पारेको गर न्युड्स्टेनको तस्वीरमा साधारण शैली झल्काएका थिए ।
स्पेनी राजनीतिक युद्ध चर्किएर चरम रूप लिएपछि निराश बनेका पिकासोलाई सन् १९३७ को तत्कालीन गणतन्त्रात्मक सरकारले एउटा चित्र बनाउन निर्देशन गरेपछि उनले सिर्जना गरेको ‘गुअरनल्ज’ शीर्षकको चित्राकृति अत्यन्त मार्मिक कृति थियो । विस्फोटनद्वारा ध्वस्त बनेको सहरको नाउँमा बनाइएको उक्त चित्रमा मान्छेले मान्छेमाथि नै गर्नसक्ने विनाशकारी हमलाप्रति आक्रोस व्यक्त गरिएको पाइन्छ ।
१९०६ पछिको कला सिर्जना पिकासोका जीवनको एउटा महत्वपूर्ण घडी थियो, किनकि यस समयमा उनले विश्व कलाजगत्लाई नै हल्लाउने एउटा आयामको आविष्कार वा प्रत्युत्पादन गरेका थिए । उक्त आयाम थियो-घनात्मक आयाम अर्थात् क्युबिज्म । उनले सिर्जना गरेका घनाकार वा त्रिघाटहरूको संयोजन रहेका चित्रहरू १९०७ देखिका पाइन्छन्, तर आफ्ना ती अनौठा चित्रहरूलाई पिकासोले कसैलाई नदेखाएर लुकाएर राखेका थिए । सन् १९१६ मा आएरमात्र पहिलोचोटि उनले त्यस्ता चित्रहरूआफ्ना केही मित्रहरूका माझ प्रस्तुत गरेका थिए । जुन सिर्जना बाहिर ल्याउन पिकासो डराएका थिए, तिनै सिर्जनाले पिकासोलाई विश्वभरि लोकप्रिय बनाइदियो । क्युबिज्म एउटा त्यस्तो आयाम थियो, जसद्वारा चित्र सिर्जना गर्दा मानवीय आकृतिलाई ठूलो र खण्ड-खण्डमा त्रिकोणात्मक रूपमा दर्शाइन्छ । रङहरू एकअर्कोमाथि खप्टिएर चित्रित गरिने हुँदा कलाको स्वरूप यत्तिकै पनि नौलो देखिन्छ । यस आयामको प्रमुख विशेषता भनेको मानव आकार एकैपटकमा अगाडि तथा पछाडिका अवयव देख्न सक्नु हो ।
पिकासोले उक्त शैलीलाई आफ्ना अनन्य कलाकार मित्र जर्जस बार्कसँगको सहकार्यमा विकसित गरेका थिए । दुवै कलाकारको उक्त कलाकृतिप्रति कति मोह थियो भने कहिलेकाहीँ उनीहरू स्वयं आफ्नो कलाकृति खुट्ट्याउन सक्दैनथे । धेरै वर्षसम्म अन्यन्त घनिष्ठ तथा नजिकिएर काम गरेकाले पिकासो जर्जसलाई ‘मा फेमे’ अर्थात् ‘मेरी श्रीमती’ भनेर सम्बोधन गर्थे । उक्त कलाशैली अत्यन्त प्रचारित भएपछि त्यसबेलाका हरेक प्रगतिशील कलाकार चाहे ती जर्मनी, फ्रान्स, अमेरिका वा बेल्जियमका होऊन्, सबैले अपनाएका थिए । यसरी अनेक आयाम थप्दै कलाकृति सिर्जना गर्दै जाने क्रममा उनले १९२५ देखि १९३५ सम्मको समयमा ‘अतिवाद’ पनि अँगालेका थिए, जुन समयका कलाकृतिहरू बुझ्न साह्रै हम्मे पर्दछ । सन् १९३५ को समयपश्चात् कलामा उनी फेरि पुरातनशैलीतर्फ नै मोडिएका थिए । २०औं शताब्दीको उत्तराद्र्धसम्म उनको घनात्मक प्रवृत्तिले तहल्कै मच्चाएको थियो भने त्यसपछि विभिन्न नाटकहरूका लागि पहिरन डिजाइनरका रूपमा पनि काम गरेका थिए ।
स्पेनी राजनीतिक युद्ध चर्किएर चरम रूप लिएपछि निराश बनेका पिकासोलाई सन् १९३७ को तत्कालीन गणतन्त्रात्मक सरकारले एउटा चित्र बनाउन निर्देशन गरेपछि उनले सिर्जना गरेको ‘गुअरनल्ज’ शीर्षकको चित्राकृति अत्यन्त मार्मिक कृति थियो । विस्फोटनद्वारा ध्वस्त बनेको सहरको नाउँमा बनाइएको उक्त चित्रमा मान्छेले मान्छेमाथि नै गर्नसक्ने विनाशकारी हमलाप्रति आक्रोस व्यक्त गरिएको पाइन्छ । युद्ध होउन्जेल पिकासो उदास चित्रहरू बनाएर फ्रान्सको राजधानी पेरिसमै बसे, जसमा धेरैजसो चित्रहरू मान्छेका खप्पर वा छाना काटिएका जनावरहरू वा उराठलाग्दो पक्षहरू दर्शाइएका पाइन्छन् । युद्ध सिद्धिएपछि उनी कम्युनिष्ट पार्टीमा संलग्न हुने पुग्छन् । त्यसपछि उनीद्वारा सिर्जित दुई विशालकाय चित्रहरूमा अमेरिकालाई कोरिया युद्धका लागि निन्दा गरिएको छ । पछिल्ला समयमा मूर्ति, भाँडाकुँडाको सिर्जना (सजावट) र प्रिन्ट-छपाइमा सक्रिय देखिएका पिकासोले जीवनका अन्तिम समयमा थुप्रै प्रेमिकाहरू राखेका थिए । आफ्ना प्रेमिका एवम् रखौटीहरू हरेकलाई माया बाँड्ने नयाँ शैली अपनाएर आफूतर्फ आर्कर्षित पार्नसक्ने पिकासो त्यस्ता व्यक्ति थिए, जसले हात हालेका हरेक विषय आफैंमा अद्वितीय बन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच