काठमाडौं । अध्यात्म चिन्तक, मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौंका संस्थापक अध्यक्ष हाल संरक्षक तथा कवि हरिभक्त सिग्देलको सभापतित्व, पूर्वसहसचिव तथा लेखक/अनुवादक डा.बद्री पोख्रेलको प्रमुख आमन्त्रित आतिथ्य, पूर्वसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाको विशिष्ट आतिथ्य, सुशीला शर्मा धमलाको उद्घोषणमा कार्यक्रम सञ्चालन भएको ठीक सवा तीन बजे सकिएको थियो । वरिष्ठ युरोलोजिष्ट तथा साहित्कार अर्जुनदेव भट्टको स्वागत मन्तव्यसँगै मानव व्यक्तित्वद्वयको विचारोत्तेजक प्रस्तुति रहृयो । दोस्रो सत्रमा रचनावाचन र शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो ।
रचना वाचन गर्ने कविहरूमा निर्मलरमण पराजुली, सुचिता काफ्ले, थरेन्द्र बराल, मेनुका आचार्य, पुरुषोत्तम दाहाल (शुभकामना मन्तव्यसहित), द्वारिका कुइँकेल, महेशप्रसाद रिजाल, तेजनाथ दंगाल, भागीरथी ज्ञवाली, रजनी खत्री, राजेन्द्रकुमार बर्तौला, सुन्दर खड्का, व्यासकवि युवराज भण्डारी, जानुका गुरागाई, कल्पना दाहाल, रामचन्द्र खनाल, रामचन्द्र घिमिरे, सुरेशचन्द्र घिमिरे र सुशीला अधिकारी रहनुभएको थियो । कलानिधि दाहालको धन्यवाद ज्ञापनपछि हरिभक्त सिग्देलले सभापतित्वको मन्तव्य राख्नुहुँदै सभा विसर्जन गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts