काठमाडौं । ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’नामक ग्रन्थको लोकार्पण गरिएको छ । पूर्व-प्रधानन्यायाधीश अनुपराज शर्मा, शिक्षाविद् प्राडा.सुरेशराज शर्मा र महासमालोचक प्राडा.वासुदेव त्रिपाठीले काठमाडौंमा एक समारोहबीच उक्त ग्रन्थको लोकार्पण गर्नुभएको हो ।
समारोहमा समालोचक प्रा.केशव सुवेदीले सो ग्रन्थबारे समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुभएको थियो । नई प्रकाशनकी कुलपति इन्दिरा प्रसाईंको सभापतित्वमा सञ्चालित उक्त समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाईंले ग्रन्थका बारेमा मन्तव्य प्रकट गर्नुभएको थियो ।
नरेन्द्रराज प्रसाईं तथा इन्दिरा प्रसाईंबाट सम्पादित ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’नामक ग्रन्थमा पूर्वप्रधानमन्त्री विष्टको राष्ट्रिय राजनीतिक योगदानको चित्र प्रस्तुत गरिएको छ । यो ग्रन्थ नई प्रकाशनको १८३औँ कृतिका रूपमा प्रकाशित भएको हो ।
‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’नामक ५८८ पृष्ठको ग्रन्थमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल, राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, सिपी मैनाली, पशुपतिशमशेर राणा, नवराज सुवेदी, अर्जुननरसिंह केसी, कमल थापा, डा.भेषबहादुर थापा, भद्राकुमारी घले, कृष्णप्रसाद भण्डारी, लोकमानसिंह कार्कीसमेत ६९ जना स्वनामधन्य व्यक्तिहरूका लेखहरू समेटिएका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts