काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टी-ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो । भ्यानकुभरले दिएको १११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्धतमा सर्वाधिक ४४ रन बनाउनुभयो । रासिइ भान डार डुसेन ३१ रनमा नटआउट रहनुभयो । उन्मुक्त चन्द २३ जोड्नुभयो । उन्मुक्तको विकेट सन्दीपले लिनुभएको थियो । अर्को विकेट पाउल भानले दिनुभयो ।
त्यसअघि भ्यानकुभरले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११० रन बनाएको थियो । रेजा हेन्रिक, मुनिर अहमदले समान २३ रन बनाउनुभयो । ड्वाइन प्रिटोरियसले १६, सन्दीपले १५ रन जोड्नुभयो । टोरोन्टोका जुनेद सिद्दिकीले चार विकेट दिनुभयो ।
रोहित र दीपेन्द्र पनि क्यानडामा
नेपाली दुई क्रिकेटर रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी पनि ग्लोबल टी-२० खेल्न क्यानाडा जानुभएको छ । उहाँहरू बिहीबार राति त्यसतर्फ लाग्नुभएको हो । रोहित पहिलोपटक अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै हुनुहुन्छ भने दीपेन्द्रको यो दोस्रो सिजन हो ।
क्यानाडामा शुक्रबारबाट यो प्रतियोगिता सुरु भइसकेको छ । पहिलो खेलमा दीपेन्द्र र सन्दीप लामिछाने आबद्ध भ्यानकुभर नाइट्स र रोहित आवद्ध टोरन्टो नेसनल्स आपसमा भिडेका थिए । दीपेन्द्र र रोहित दुवै पहिलो म्याचमा अनुपस्थित रहनुभयो । सन्दीपले भने भ्यानकुभरबाट खेल्नुभएको थियो । खेलमा टोरन्टो विजयी बनेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता