मुगु । कोराना भाईरसका कारण पाँचवर्षदेखि चीन सरकारले एकतर्फि बन्द गरेको मुगुको नाक्चेलाग्ना नाका पाँच बर्षपछि खुल्ने भएको छ ।
नाका खुल्ने भएपछि जिल्ला प्रशासन कार्यालयमा नाका प्रवेशका लागि पास लिने स्थानियहरुको घुइँचो लाग्न थालेको छ ।
कोरोना कालदेखि बन्द भएको मुगुको नाक्चेलाग्ना नाका साउन १७ गतेबाट खुल्ने भएपछि तिब्बतको ह्याजीमारमा दुई हप्ता सम्म लाग्ने हाटबजारबाट दैनिक उपभोग्य सामग्री किनमेलका लागि जान जिल्ला प्रशासन कार्यालयले जारी गरेको अस्थाई प्रवेश पास बनाउन जिल्ला प्रशासन कार्यालय मुगुमा स्थानियको घुइँचो बढ्न थालेको हो ।
तिब्बतको ह्याजीमारमा साउनको १७ गतेबाट लाग्ने हाटबजारमा पुग्न अस्थाई प्रबेशपास लागु गरेपछि उक्त पास बनाउन मुगुम कार्मारोङ गाउँपालिका—२ मुगुम गाउँबाट दुई दिन पैदल हिडेर सदरमुकाम गमगढी पुगेका दार्जे तामाङ्गले नाका खोल्दा सीमा आसपासका स्थानियलाई राहत भएको महसुस भएको बताउनु भयो ।
सोही गाउँका स्थानिय च्यावा तामाङ्गका अनुसार आफनो गाउँबाट पैदलमा हिडेर दुई दिनमा तिब्बतको ह्याजीमारमा पुग्न सकिन्छ ।
उक्त हाटबजारमा घरायसी खाद्यान्न लगायत लत्ता कपडा र ईलोक्ट्रनिक सामग्री ल्याउने र यताबाट स्थानियबालीको खाद्यान्न काठबाट बनेका सामग्री, डोका,डालोका साथै जडिबुटी लिएर बेच्ने गरिएको छ ।
यो पटक नाका खुल्ने भएपछी प्रशासनले जारी गरेको पास लैजान सदुरमुकाम आईपुगेका छन् । स्थानियलाई पास बनाउन छिटो छरितो होस भन्नका लागि गाउँपालिकाबाट जिल्ला प्रशासन कार्यालयमा कर्मचारीलाई समेत खटाईएको छ । सबै पास दुई/तीन दिन भित्र बितरण गरिसकिने मुगुम कार्मारोङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शुवासचन्द्र रावलले जानकारी दिनुभयो ।
मुगम कार्मारोङ्ग गाउँपालिका-२ का वडा अध्यक्ष च्यावा तामाङ्गले दिएको जानकारी अनुसार पहिलो दिन मात्र आफनो वडाबाट २ सय भन्दा बढीले अस्थाई प्रवेश पास लिनका लागि सिफारीस लिएको र अन्य वडाबाट पनि सर्बसाधरण सदरमुकाम गमगढी आउँदै गरेका छन् ।
गृह मन्त्रालयले चिनसंग सिमा जोडिएका जिल्लाका नागरिकरुका लागी चिन आवगमन उपल्बध गराउने सम्बन्धि कार्यबिधि ०८१ तयार पारी अनलाईन डिजिटल पास ब्यवस्थापन लागु गरिएको भएपनी नाका खुल्ने समय नजिकै परेकाले यो बर्ष यो प्रक्रियामा अनलाईन पास ब्यवस्था गर्न अध्यागन कै कर्मचारीहरु डिभाइस जिल्लामा आउनु पर्ने तर अहिले अध्यागमनबाट डिभाइस सहित कर्मचारी आउन नसक्ने भएपछि कागजी पासको ब्यवस्था सर्बसाधरणलाई गराईएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts