
काठमाडौं । ग्लोबल टी–२० क्यान्डा क्रिकेट लिगमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध भ्यानकुभर नाइट्स पराजित भएको छ । शुक्रबार बिहान सम्पन्न खेलमा टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो।
खेलमा सन्दीपले अलराउन्ड प्रदर्शन गरेपनि टोलीलाई जित दिलाउन सक्नुभएन । ब्याटिङतर्फ सन्दीपले नौ बलमा तीन चौकासहित १५ रन बनाउनुका साथै चार ओभरमा २९ रन दिएर एक विकेट लिनुभएकाे थियाे ।
तर, भ्यानकुभर नाइट्सले दिएको १११ रनको लक्ष्य टोरन्टो नेसनल्सले १४.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो।
टोरन्टो नेसनल्सका कप्तान कोलिन मुनरोले सर्वाधिक ४४ रन बनाउनु भयाे । उन्मुक्त चन्द २३ आउट हुँदा रासिइ भान डार डुसेन ३१ र निकोलस किर्टन चार रनमा अविजित रहनुभयाे । सन्दीपले उन्मुक्तलाई एडबीडब्ल्यु आउट गर्नुभयाे ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच