माले । माल्दिभ्समा सम्पन्न काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको उपाधि किर्गिजस्तानले जितेको छ । फाइनलमा श्रीलंकालाई ३-० ले हराउँदै किर्गिजस्तान च्याम्पियन बनेको हो ।
किर्गिजस्तान २८-२६,२५-१७,२५-१९ ले विजयी भयो । लिग चरणमा भने श्रीलंकाले किर्गिजस्तानलाई हराएको थियो । नेपाली महिला युवा टोलीले च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको छ ।
नेपालले आयोजक माल्दिभ्सलाई हराउँदै कास्य पदक जितेको हो । नेपाल २५-१५, २५-१०,२५-१४ ले विजयी भएको थियो । लिग चरणमा नेपालले माल्दिभ्सलाई मात्र ३-० को सोझो सेटमा हराएको थियो । च्याम्पियनसिपमा चार टोलीको सहभागिता थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता