झापा । झापाको अर्जुनधारा नगरपालिका–१ साधुटारमा एक युवाको शव फेला परेको छ ।
स्थानीय होम अधिकारीको घर पछाडि खेतमा घोप्टो परेको अवस्थामा शव देखिएको स्थानीय कमल पोखरेलले बताउनुभयो ।
खेतको गरामा आधा डुबेको ३५ र ४० वर्षको जस्तो देखिने युवाको शवको हातमा टाटु देखिएको छ। शवको पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा स्थानीयले शनिश्चरे प्रहरीलाई खबर गरेका छन्। अहिले घटनास्थमा प्रहरी पुगेको छ। घटनाको पूर्ण विवरण आउन बाँकी छ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता