कोलम्बो । भारतविरुद्ध तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि श्रीलंकाको टोली घोषणा भएको छ । श्रीलंकन क्रिकेट बोर्डले चरिथ असलंकाको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।
श्रीलंकाली टोलीमा चरिथ असलंका (कप्तान), पाथुम निसानका, कुशल परेरा, अविस्का फर्नान्डो, कुसल मेंडिस, दिनेश चन्डिमल, कामिन्दु मेन्डिस, दासुन शनाका, वानिन्दु हसरंगा, दुनिथ विलालागे, महेश तिक्क्षणा, चामिन्दु विक्रमासिंघे, मथीशा पाथिराना, नुवान तुषारा, दुष्मन्ता चमीरा र बिनुरा फर्नान्डो रहनुभएको छ ।
वानिन्दु हसरंगाले कप्तानी छाडेपछि असलंकाले जिम्मेवारी पाउनुभएको हो । असलंकाले यस वर्षको सुरुमा बंगलादेश भ्रमणका क्रममा श्रीलंकाको नेतृत्व गर्नुभएको थियो ।
३४ वर्षीय दिनेश चन्डिमलले करिब दुई वर्षपछि टोलीमा पुनरागमन गर्नुभएको छ । उहाँले अन्तिम पटक सन् २०२२ मा ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल्नुभएको थियो । तर, ३७ वर्षीय एन्जेलो म्याथ्युजले भने स्थान बनाउन सक्नुभएन ।
अलराउण्डर चामिन्दु विक्रमासिंघेले पहिलोपटक टोलीमा मौका पाउनुभएको छ । ट्वान्टी-२० शृंखला शनिबारदेखि सुरु हुनेछ । एजेन्सी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा